प्रक्षेपण लगत्तै दुर्घटनाग्रस्त भयो स्पेस एक्सको सबैभन्दा ठुलो रकेट

समाचार सारांश
- स्पेस एक्सको स्टारशिप रकेटको परीक्षण उडान फेरि असफल भयो। यो रकेट अहिलेसम्म बनेको सबैभन्दा ठुलो र शक्तिशाली थियो।
- टेक्सासबाट प्रक्षेपण गरिएको रकेट पृथ्वीको वायुमण्डलमा फर्किनुअघि नियन्त्रण बाहिर गयो र टुक्रियो।
- यो रकेट एलन मस्कको मंगलग्रहमा उपनिवेश स्थापना गर्ने योजनाको लागि महत्त्वपूर्ण मानिएको थियो।
क्यालिफोर्निया । अमेरिकी निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान फेरि असफल भएको छ । यो यान अहिलेसम्म बनेको सबैभन्दा ठुलो र सबैभन्दा शक्तिशाली रकेट थियो ।
यसलाई मंगलग्रहमा उपनिवेश स्थापना गर्ने अमेरिकी खर्बपति व्यापारी एलन मस्कको महत्त्वाकाङ्क्षाको लागि महत्त्वपूर्ण मानिएको छ । बीबीसी उत्तर अमेरिकी संवाददाता पिटर बोवेसका अनुसार यो स्टारशिपको ९ औँ परीक्षण उडान थियो । यो मानवरहित रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।
तर प्रक्षेपणको केही समयपछि, यानमा केही समस्या भयो । पृथ्वीको वायुमण्डलमा यानलाई फर्काइने योजना बनाउनु अघि रकेट नियन्त्रण बाहिर गयो । कम्पनीका अनुसार अन्तरिक्ष यान द्रुत गतिमा टुक्रियो ।
हिन्द महासागरमा खस्नु अघि यो कयौँ टुक्रा टुक्रा भएको बताइएको छ । यो परीक्षणले स्टारसिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने माइक्रो ब्लगिङ वेबसाइट एक्सको एक पोस्टमा कम्पनीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणबारे जेनेभामा सशस्त्रका आईजीपीको सम्बोधन
-
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
-
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड
-
वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
-
डलर साट्ने बहानामा ठगी गरेकाे आरोपमा दुई जना पक्राउ