यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित
सारांश
- यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ पारित भयो।
- गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकले कार्ययोजना पारित गरेको छ, जसमा आवश्यक विवरणहरू समावेश छन्।
- यस वर्ष विपद्बाट १९ लाखभन्दा बढी जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ, र चोभारको अवरोध हटाउने निर्णय गरियो।
काठमाडौँ । यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ पारित भएको छ । बुधवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले पारित गरेको कार्य योजनामा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यका लागी आवश्यक सम्पर्क विवरण, सामग्रीहरूको मौज्दात र दक्ष जनशक्तिको विवरण समेटिएको छ ।
यसवर्ष विपद्बाट देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ । त्यस्तै, चोभार गल्छीको साँघुरो भाग बढेको कारण उपत्यकामा जनधनको क्षति हुनसक्ने आकलन गर्दै सेनाको सहयोगमा सो अवरोध हटाउने निर्णय गरिएको उपसचिव केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण