शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
तीनकुने घटना

तीनकुने प्रकरण : देवेन्द्रलाल नेपाली नेतृत्वको प्रतिवेदनले देखायो यस्ता त्रुटि (पूर्णपाठ)

बुधबार, १४ जेठ २०८२, १४ : १५
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • देवेन्द्रलाल नेपालीको नेतृत्वमा रहेको स्वतन्त्र नागरिक छानबिन आयोगले तीनकुने घटनाबारे प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा कानुन उल्लंघन भएको निष्कर्ष छ।
  • आयोगले नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लङ्घन भएको ठहर गरेको छ।
  • प्रतिवेदनमा कार्यक्रम आयोजकको समन्वय अभाव, पूर्व सावधानीको कमी र नेतृत्वको होडबाजी जस्ता कारणले घटना भएको उल्लेख छ।

काठमाडौँ । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको तीनकुने घटनाबारे देवेन्द्रलाल नेपाली नेतृत्वको स्वतन्त्र नागरिक छानबिन आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लङ्घन भएको आयोगले निष्कर्ष निकालेको छ ।

नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको तीनकुने घटनामा उल्लङ्घन भएको  आयोगको ठहर छ ।  २८ पृष्ठको प्रतिवेदनमा चैत १५ गते तीनकुनेमा गरिएको सभा मुलुभूत रुपमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको भनिएता पनि समान विचार भए धेरै सङ्घ सङ्गठन तथा अभियान र तिनका नेता नेतृत्व सहभागी रहेकाले घटना अघिको अवस्थामा कार्यक्रम परिचालनको स्वामित्व र समन्वय कसले गर्ने भन्ने नेतृत्वको होडबाजीका कारण सभा सञ्चालनको परिस्थितिको जस अपजस कसैले नलिने मनोविज्ञान सवैमा रहेको देखिएको उल्लेख छ ।  

प्रतिवेदनमा कतिपय घटना र विषयमा थप छानबिन गर्नुपर्ने आयोगले उल्लेख गरेको छ ।

‘सरकार र त्यसको मातहतमा रहेका सुरक्षा निकाय, राजनीतिको मूलधारमा रहेका राजनीतिक दल तथा अन्य राज्य संयन्त्र र निकाय समेत आफ्नो राजनीतिक एजेन्डाप्रति अनुदार रहेको पृष्ठभूमिमा आयोजना गरिएको उक्त दिनको कार्यक्रमलाई माध्यम बनाइ कुनै अप्रिय घटना हुनसक्छ भन्ने स्वाभाविक अनुमान/आशङ्कामा कार्यक्रमका आयोजकहरूले पूर्व सावधानी अपनाउन नसक्नु, कार्यक्रमको स्वरूप–प्रकृति परिपक्क नहुनु, सहभागी समूहहरू धेरै हुनु, आयोजकले सहभागिका बिचमा समन्वय गर्न नसक्नु र एउटै वा एक जनामात्र नेतृत्वमा रही आयोजकमा एकल जिम्मेवारीबोध नहुनु जस्ता आयोजकका तर्फबाट देखिएका त्रुटि पनि घटनाको कारक तत्त्वका रुपमा रहन सक्ने देखिन्छ’, नेपाली नेतृत्वको आयोगले भनेको छ ।

पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप