शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत

बुधबार, १४ जेठ २०८२, १४ : २५
बुधबार, १४ जेठ २०८२

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत भएको छ । बुधबार दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा बैठकमा प्रदेशसभामा सरकारको नीति कार्यक्रम पेस भएको हो । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा लगानी सम्मेलन आयोजनाका लागि नीतिगत प्रक्रिया अघि बढाउने भएको हो । 

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम बुधबार बसेको बैठकमा पेस गर्दै आयोजना बैङ्क सूचना प्रणाली कार्यान्वयन प्रभावकारी गरिने बताए । 

उनले आयोजना बैङ्क मार्फत निर्वाचन क्षेत्रका प्रभावकारी योजनाहरू छनौट प्रक्रिया अघि बढाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप