पत्रकार सम्मेलन
भिजिट भिसामा मेरो कुनै संलग्नता छैन, नियोजित आक्रमण भयो : गृहमन्त्री
बुधबार, १४ जेठ २०८२, १७ : २१
सारांश
- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप अस्वीकार गर्दै त्यसलाई षड्यन्त्रपूर्ण बताए।
- उनले सहसचिव तीर्थराज भट्टराईसँगको सम्बन्धबारे स्पष्टीकरण दिँदै घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।
- लेखकले अख्तियारको अनुसन्धानलाई स्वागत गर्ने बताए र अनुसन्धानमा कुनै प्रभाव पार्न नहुने कुरामा जोड दिए।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गरेका छन् ।
बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे स्पष्टीकरण दिँदै भने, ‘यसमा मेरो कुनै संलग्नता छैन । मेरो विरुद्ध नियोजित ढङ्गले आक्रमण गरिएको छ, यो षड्यन्त्रपूर्ण छ ।’
अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्ने लेखकले बताए । उनले भने, ‘आयोगको अनुसन्धानमा कतैबाट पनि प्रभावित पारिनुहुन्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण