इन्काउन्टरमा मारिए लरेन्स बिश्नोई गिरोहका शार्प शूटर
बिहीबार, १५ जेठ २०८२, ११ : ४५
सारांश
- उत्तर प्रदेश प्रहरीले लरेन्स बिश्नोई गिरोहका शार्प शूटर नवीन कुमारको इन्काउन्टरमा मृत्यु भएको दाबी गरेको छ।
- इन्काउन्टर गाजियाबाद नजिकै हापुरको कोतवाली क्षेत्रमा भएको थियो, जसमा कुमार घाइते भए र पछि अस्पतालमा उनको मृत्यु भयो।
- नवीन कुमारविरुद्ध हत्यालगायतका २० वटा मुद्दाहरू चलिरहेका थिए र उनलाई अदालतले दुई मुद्दामा सजाय सुनाएको थियो।
नयाँ दिल्ली । लरेन्स बिश्नोई गिरोहका शार्प शूटर नवीन कुमारको बुधवार इन्काउन्टरमा मृत्यु भएको दाबी उत्तर प्रदेश प्रहरीले गरेको छ । यूपी एसटीएफका अनुसार, बुधवार राति यूपी एसटीएफ र दिल्ली प्रहरीको विशेष सेलको संयुक्त अपरेसन गरेको थियो ।
इन्काउन्टर गाजियाबाद नजिकै हापुरको कोतवाली क्षेत्रमा भएको थियो । यूपी प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार मृतक गाजियाबादको लोनीका बासिन्दा हुन् अभियुक्तविरुद्ध लगभग २० वटा मुद्दा चलिरहेका थिए । यसमा हत्यालगायतका मुद्दाहरू थिए ।
‘इन्काउन्टरमा घाइते भएका नवीन कुमारलाई अस्पताल लगिएको थियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे ।’ यूपी एसटीएफका एडीजी अमिताभ यशले भने । प्रहरीका अनुसार, नवीन कुमारलाई अदालतले दुई मुद्दामा सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण