शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

भिजिट भिसा प्रकरणमा झलनाथको टिप्पणी– धेरैको योजनामा धन्दा चलिरहेको छ

बिहीबार, १५ जेठ २०८२, १२ : २९
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले भिजिट भिसा प्रकरणमा धेरैको संलग्नता रहेको आरोप लगाए।
  • उनले वर्तमान गठबन्धन सरकार संविधान विरोधी भएको र गणतन्त्र सुदृढ गर्न नसक्ने बताए।
  • खनालले देश अधोगतितिर गइरहेको र किसानहरूले मल, बिउ, प्रविधि र उचित ब्याजदर पाउन नसकेको गुनासो गरे।

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भिजिट भिसा प्रकरणमा धेरैको योजनासाथ धन्दा चलिरहेको आरोप लगाएका छन् । गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए । 

‘अहिले  एयरपोर्टको धन्दा कस्ता कस्ता हुने रहेछन् तपाईँहरूले देखिराख्नुभएको छ । धेरैको योजनाका साथमा धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दै छन्’, उनले भने । 

खनालले अहिलेको गठबन्धन सरकार संविधान विरोधी भएकाले गणतन्त्र सुदृढ गर्न नसक्ने जिकिर गरे । 

देश देश अहिले गतिहीन अधोगतितिर गइरहेको  भन्दै उनले किसानले सहज अवस्थामा मल, बिउ, प्रविधि र ब्याजदर पाउनै नसक्ने उनको भनाइ छ । 

‘मार्क्सवादी लेनिनवादी नेतृत्वको सरकार छ । कहाँ गयो मार्क्सवाद लेनिनवाद ? यसलाई मार्क्सवाद भन्न सकिन्छ ? सबै विदेशीको कब्जामा छ । जब किसानले फूल उत्पादन गर्छन् । कमिसनको चक्करमा विदेशी माला ट्रकका ट्रक ल्याउँछन् । विचरा यहाँका किसान हेरेको हेरै’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप