भिजिट भिसा प्रकरणमा झलनाथको टिप्पणी– धेरैको योजनामा धन्दा चलिरहेको छ
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालले भिजिट भिसा प्रकरणमा धेरैको संलग्नता रहेको आरोप लगाए।
- उनले वर्तमान गठबन्धन सरकार संविधान विरोधी भएको र गणतन्त्र सुदृढ गर्न नसक्ने बताए।
- खनालले देश अधोगतितिर गइरहेको र किसानहरूले मल, बिउ, प्रविधि र उचित ब्याजदर पाउन नसकेको गुनासो गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भिजिट भिसा प्रकरणमा धेरैको योजनासाथ धन्दा चलिरहेको आरोप लगाएका छन् । गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए ।
‘अहिले एयरपोर्टको धन्दा कस्ता कस्ता हुने रहेछन् तपाईँहरूले देखिराख्नुभएको छ । धेरैको योजनाका साथमा धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दै छन्’, उनले भने ।
खनालले अहिलेको गठबन्धन सरकार संविधान विरोधी भएकाले गणतन्त्र सुदृढ गर्न नसक्ने जिकिर गरे ।
देश देश अहिले गतिहीन अधोगतितिर गइरहेको भन्दै उनले किसानले सहज अवस्थामा मल, बिउ, प्रविधि र ब्याजदर पाउनै नसक्ने उनको भनाइ छ ।
‘मार्क्सवादी लेनिनवादी नेतृत्वको सरकार छ । कहाँ गयो मार्क्सवाद लेनिनवाद ? यसलाई मार्क्सवाद भन्न सकिन्छ ? सबै विदेशीको कब्जामा छ । जब किसानले फूल उत्पादन गर्छन् । कमिसनको चक्करमा विदेशी माला ट्रकका ट्रक ल्याउँछन् । विचरा यहाँका किसान हेरेको हेरै’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण