बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँग जोडिए जर्मन डिफेन्डर जोनाथन
काठमाडौँ । बुन्डेसलिगा च्याम्पियन क्लब बायर्न म्युनिखले जर्मन राष्ट्रिय टोलीका प्रभावशाली डिफेन्डर जोनाथन ताहलाई भित्राउने पक्का भएको छ । २९ वर्षीय जोनाथनलाई भित्राएको जानकारी बायर्न म्युनिख आफैले औपचारिक रुपमा दिएको हो ।
जोनाथन अर्को जर्मन क्लब बायर लेभरकुजेनमा १० वर्ष बिताएर बायर्न म्युनिखमा आबद्ध भएका हुन् । उनी सन् २०१५ मा बायर लेभरकुजेनमा आबद्ध भएका थिए । सन् २०२३–२४ सिजनमा बायर लेभरकुजेनलाई घरेलु लिगको उपाधि चुमाउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
बायर्न म्युनिखले लामो समयदेखि जोनाथनलाई भित्राउन विभिन्न चरणमा छलफल अघि बढाउँदै आएको थियो । बायर्न म्युनिखले उनीसँग सन् २०२९ सम्मका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ ।
उनी जर्मन राष्ट्रिय टोलीका पनि प्रभावशाली खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट २० खेल खेलिसकेका छन् । ‘बायर्न म्युनिखमा आबद्ध हुन पाउँदा म उत्साही छु । क्लबलाई थप सफलता दिलाउन सक्दो प्रयास गर्नेछु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण