आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

हेटौँडाको मयुरधाप औधोगिक क्षेत्रलाई सरकारले लगानी बोर्डमार्फत सञ्चालन गर्ने

बिहीबार, १५ जेठ २०८२, १६ : १८
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१४ स्थित मयुरधाप औधोगिक क्षेत्रलाई सरकारले लगानी बोर्डमार्फत सञ्चालन गर्ने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को अनुमानित बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले हेटौँडाको मयुरधापस्थित मयुरधाप औधोगिक क्षेत्रसँगै अन्य ६ स्थानका निर्माणाधीन औधोगिक क्षेत्रहरूलाई लगानी बोर्डमार्फत सञ्चालन गर्ने उल्लेख गरका हुन् । 

उनले लगानी बोर्डमार्फत सर्वाजनिक तथा साझेदारीमा मकवानपुरको मयुरधापसँगै, चितवनको शक्तिखोर, झापाको दमकस्थित औधोगिक पार्क, कन्चनपुरको दैजी, दाङको लक्ष्मीपुर, बाँकेको नवस्ता र रुपन्देहीको मणिपुरमा निजी क्षेत्रको सहभागितामा आधुनिक औधोगिक क्षेत्रको निर्माण गरिने बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप