हेटौँडाको मयुरधाप औधोगिक क्षेत्रलाई सरकारले लगानी बोर्डमार्फत सञ्चालन गर्ने
बिहीबार, १५ जेठ २०८२, १६ : १८
काठमाडौँ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१४ स्थित मयुरधाप औधोगिक क्षेत्रलाई सरकारले लगानी बोर्डमार्फत सञ्चालन गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को अनुमानित बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले हेटौँडाको मयुरधापस्थित मयुरधाप औधोगिक क्षेत्रसँगै अन्य ६ स्थानका निर्माणाधीन औधोगिक क्षेत्रहरूलाई लगानी बोर्डमार्फत सञ्चालन गर्ने उल्लेख गरका हुन् ।
उनले लगानी बोर्डमार्फत सर्वाजनिक तथा साझेदारीमा मकवानपुरको मयुरधापसँगै, चितवनको शक्तिखोर, झापाको दमकस्थित औधोगिक पार्क, कन्चनपुरको दैजी, दाङको लक्ष्मीपुर, बाँकेको नवस्ता र रुपन्देहीको मणिपुरमा निजी क्षेत्रको सहभागितामा आधुनिक औधोगिक क्षेत्रको निर्माण गरिने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण