अमेरिकाको न्यूजर्सीमा ‘नेपाल डे’ मनाइँदै

काठमाडौँ । अमेरिकाको न्यूजर्सीमा ‘नेपाल डे’ कार्यक्रम गरिने भएको छ । न्यूजर्सीमा रहेका विभिन्न सङ्घसंस्थाको आयोजनामा यही शनिबार न्यूजर्सीको फेरलन सिटीमा कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रमलाई सफल बनाउन नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले वक्तव्य जारी गर्दै नेपाल डे मा सहभागी हुन डायस्पोराका सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ’हाम्रो पहिचान, कला, संस्कृति र सभ्यताको आफ्नै इतिहास र विरासत सगरमाथाजस्तै उँचो छ । यो गौरवशाली इतिहास र विरासतको संवर्द्धन नेपालमा मात्र नभई नेपालीहरू रहेका हरेक ठाउँबाट हुँदै आएको छ । जहाँ रहे पनि हामी नेपाली हौँ । हामीलाई हाम्रो भाषा, संस्कृति, परम्परा र सभ्यता प्राण भन्दा पनि प्यारो छ ।’
ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली सङ्घ, अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल र नेपाल सरकार पर्यटन प्रवर्द्धक, न्यूयोर्कको सहकार्यमा पहिलो पटक नेपाल डे हुन लागेको हो ।
कार्यक्रमले नेपालको मौलिक भेषभुषा, कला, संस्कृतिको प्रवर्द्धनसंगै नेपाल र अमेरिकाको सम्बन्धलाई जनस्तरमा पुर्याउन मद्दत गर्ने प्रवर्द्धक श्रेष्ठले दाबी गरेका छन् ।
कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्दै वक्तव्यमा भनिएको छ– ’कार्यक्रम सफल बनाउनु तपाईं–हामी सबै नेपालीको दायित्व हो । कार्यक्रममा सहभागिता जनाएर नेपाली एवं नेपाली मूलका अमेरिकी नागरिकहरूले अपनत्व महसुस गराउने ऐतिहासिक अवसर पनि हो ।’
उनले नेपाल डे परेडमा सम्पूर्ण नेपाली समुदायलाई सहभागिताका लागि आव्हान गर्दै सबै मिलेर सगरमाथाको देश, बुद्ध जन्मेको पवित्र भूमि नेपाल र नेपालीको कला–संस्कृति विश्वभर फैलाउन र गौरवशाली विरासतको प्रवर्द्धनमा आ–आफ्नो तर्फबाट योगदान पुर्याउन आग्रह गरेका छन् ।
कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता हुने आयोजकको दाबी छ ।त्यस्तै कार्यक्रममा नेपाली कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रदर्शनी समेत गरिनेछ । कार्यक्रमका लागि सतेन्द्र शाहलाई कन्भेनर तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : युवा भर्सेस अनुभवको फाइनल
-
गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा
-
जनप्रतिनिधिले नागरिकको अपेक्षाअनुसार काम गर्नुपर्छ : सिटौला
-
पृथ्वी पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउँछ : प्रधानमन्त्री ओली
-
३०० रुपैयाँ बोकेर सहर छिरेका सरोज अहिले कमाउँछन् मासिक १२ लाख
-
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको छ : अमेरिकी रक्षामन्त्री