राजावादीको प्रदर्शनस्थलबाट पक्राउ पर्नेको संख्या ५ पुग्यो
बिहीबार, १५ जेठ २०८२, १९ : १५
काठमाडौँ । बिहीबारको राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटीका क्षेत्रबाट पक्राउ पर्नेहरूको सङ्ख्या ५ पुगेको छ ।
पक्राउ पर्नेमा पर्वत घर भएका घनश्याम न्यौपाने, भारतीय नागरिक वृज मोहन राय, कैलाली घर भएका शिवराज जैसी, नुवाकोट घर भएका आशिष लामा र डोटीका पारस राणा छन् ।
२२ वर्षीय न्यौपानेलाई भिडियो खिचेको आरोपमा सिटी प्रहरीले पक्राउ गरेर काठमाडौँ प्रहरीलाई बुझाएको हो । वृज मोहन र शिवराज जैसीलाई राप्रपाका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण