राजावादीको प्रदर्शनस्थलबाट पक्राउ पर्नेको संख्या ५ पुग्यो
बिहीबार, १५ जेठ २०८२, १९ : १५

काठमाडौँ । बिहीबारको राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटीका क्षेत्रबाट पक्राउ पर्नेहरूको सङ्ख्या ५ पुगेको छ ।
पक्राउ पर्नेमा पर्वत घर भएका घनश्याम न्यौपाने, भारतीय नागरिक वृज मोहन राय, कैलाली घर भएका शिवराज जैसी, नुवाकोट घर भएका आशिष लामा र डोटीका पारस राणा छन् ।
२२ वर्षीय न्यौपानेलाई भिडियो खिचेको आरोपमा सिटी प्रहरीले पक्राउ गरेर काठमाडौँ प्रहरीलाई बुझाएको हो । वृज मोहन र शिवराज जैसीलाई राप्रपाका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ २१ गतेदेखि माओवादीले मध्यपहाडी अभियान सञ्चालन गर्ने
-
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा समर्थकको धर्ना, तस्बिरहरू
-
फिल्म ‘परी’ काे शुभ मुहूर्त
-
लन्डन दूतावासमा मनाइयो १८औँ गणतन्त्र दिवस, तस्बिरहरू
-
गणतन्त्रको यात्रामा कर्मचारीतन्त्र कहाँ चुक्यो ?
-
सभामुख घिमिरे र दलका सचेतक बिचको बैठक सुरु