बजेट ल्याएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै
शुक्रबार, १६ जेठ २०८२, ०७ : ५७
सारांश
- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे पत्रकार सम्मेलन गर्दैछन्।
- पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफल हुनेछ, जुन अर्थ मन्त्रालयमा दिउँसो १ बजे हुनेछ।
- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्रीले त्यसको भोलिपल्ट बजेटकै विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार आजको पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुनेछ । पत्रकार सम्मेलन दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने छ ।
बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।
यो बजेट चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । चलु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण