दीपक शर्माको नयाँ टेलिसिरियल 'दले दाइ' आउँदै
काठमाडौँ । कलाकार दीपक शर्माको नयाँ टेलिसिरियल 'दले दाइ' दर्शकमाझ आउने भएको छ। निर्देशक, लेखक तथा निर्माता स्वयं दीपक शर्मा रहेका यो सिरियलले देशमा जुनसुकै काम गर्दा पनि दलालको सहारा लिनुपर्ने बाध्यता र त्यसका कारण नेपालीहरू विदेशिन बाध्य हुनुपर्ने कथा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
शर्माले जानकारी गराएअनुसार, सिरियलको पहिलो चरणको छायांकन शनिबार सम्पन्न भइसकेको छ र दशैंको अवसरमा युट्युबमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ।
'दले दाइ' मा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, दीपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी 'कैलु', शिवकुमार महत, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनालले अभिनय गरेका छन्।
सिरियल अमलाचौर मिडिया नेटवर्क को ब्यानरमा निर्माण गरिएको हो। सिरियलमा वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन् भने छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ, सम्पादन दिवाकर चौधरी र शीर्ष संगीत सरु पौडेलले गरेका छन्।
'दले दाइ' मार्फत नेपाली समाजमा व्याप्त दलाली प्रथाको यथार्थ चित्रण प्रस्तुत गर्ने प्रयास गरिएको निर्माता शर्माले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण