राजावादीको प्रदर्शनमा साङ्गीतिक कार्यक्रम
शनिबार, १७ जेठ २०८२, ०९ : ५८
_IYin6nZLLe.jpg)
काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौँमा जारी प्रदर्शनमा आज सांस्कृतिक प्रस्तुतिहरू पनि रहने भएको छ ।
समितिले आज एक विज्ञप्ति जारी गर्दै शनिबार बिदाको दिन सहभागीहरूको सुझाव समेत मध्यनजर गरेर आज ख्यातिप्राप्त कलाकारहरूले गीत सङ्गीतको कार्यक्रम प्रस्तुत हुने बताएको हो ।
जनताको निस्वार्थ साथ, सहयोगले शान्तिपूर्ण जनआन्दोलन पूर्ण सफलताका साथ जारी रहेको समितिको दाबी छ । जारी प्रदर्शन अन्तर्गत आज दिउसो १ बजे शान्ति बाटिकामा कार्यक्रम हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल
-
रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (तस्बिरहरू)
-
गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेद
-
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा चिनियाँ पक्षले के–कस्ता चासो राखे ?
-
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह
-
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री