राजावादीको प्रदर्शनमा साङ्गीतिक कार्यक्रम
शनिबार, १७ जेठ २०८२, ०९ : ५८
काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौँमा जारी प्रदर्शनमा आज सांस्कृतिक प्रस्तुतिहरू पनि रहने भएको छ ।
समितिले आज एक विज्ञप्ति जारी गर्दै शनिबार बिदाको दिन सहभागीहरूको सुझाव समेत मध्यनजर गरेर आज ख्यातिप्राप्त कलाकारहरूले गीत सङ्गीतको कार्यक्रम प्रस्तुत हुने बताएको हो ।
जनताको निस्वार्थ साथ, सहयोगले शान्तिपूर्ण जनआन्दोलन पूर्ण सफलताका साथ जारी रहेको समितिको दाबी छ । जारी प्रदर्शन अन्तर्गत आज दिउसो १ बजे शान्ति बाटिकामा कार्यक्रम हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण