तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
सारांश
- पीएसजीले यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्यो, फाइनलमा इन्टर मिलानलाई ५-० गोलले हरायो।
- खेल जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा भएको थियो, जहाँ हाकीमी, डुए, क्वारत्स्खेलिया र मायुलुले गोल गरे।
- पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग जितेको हो, भने इन्टर मिलानले यसअघि तीन पटक उपाधि जितेको थियो।
काठमाडौं । तीन पटको विजेत इटालियन क्लब इन्टर मिलानलाई हराउँदै पीएसजीले यूईएफए च्याम्पियन्स लिगको उपाधि हात पारेको छ।
जर्मनीको म्युनिख एलियान्ज एरिनामा सम्पन्न फाइनल खेलमा इन्टर मिलानलाई ५ः० को अन्तरले हराउँदै युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हात पारेको हो।
खेलको १२ औं मिनेटमा अच्राफ हाकीमीले गोल गर्दै टिमलाई १ः० को अग्रता दिलाएका थिए। खेलको पहिलो हाफको २० औं मिनेटमा पीएसजीका लागि दोस्रो गोल गर्दै डेसिरे डुएले २ः० को अग्रता दिलाएका थिए। दोस्रो हाफको ६६ औं मिनेट आफ्नो दोस्रो गोल गर्दै टिमको अग्रता बढाएका थिए।
दोस्रो गोलको १० मिनेट भित्रै ख्विचा क्वारत्स्खेलिया थप एक गोल गर्दै टिमलाई ४ः० को अग्रता दिलाएका थिए। त्यसैगरी खेलको ८६ औं मिनेटमा पीएसजीको लागि पाँचौँ गोल गर्दै सेनी मायुलु अन्तर बढाएका थिए।
आजको खेलमा जीत हात पारेसँगै पीएसजी पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको विजेता बनेको छ ।
इन्टर मिलानले यसअघि तीन पटक (१९६४, १९६५, २०१०) च्याम्पियन्स लिग जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण