सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
काठमाडौँ । गायक तथा सङ्गीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एक साथ दर्शकमाझ ल्याएका छन् । वरिष्ठ गायिका मिरा राणा र वरिष्ठ सङ्गीतकार दीपक जंगमले दुवै गीतको पोस्टर सार्वजनिक गर्दै गीतको विमोचन गरे । कार्यक्रममा उनका दुई गीत पछ्यौरीको छेउ...र भुतुक्क भएँ नि...को भिडियो पनि सार्वजनिक गरियो ।
दुवै गीतको भिडियोलाई गायक एवम् सङ्गीतकार सुशीलले आफ्नै च्यानलबाट रिलिज गरेका छन् । कार्यक्रममा बिमोचित गीत भुतुक्कै भएँ नि मा राजेश गुरुङको रचना र महेश थुलुङको स्वर रहेको छ । रोमाञ्चक भावको यो गीतको भिडियोमा अभिनेता यसराज गराच र मोडल सुस्मिता बुढाथोकीको अभिनय रहेको छ । यो गीतको सङ्गीत सृजना सुशील विश्वकर्माले नै गरेका हुन् ।
यस्तै अर्को गीत पछ्यौरीको छेउमालाई सुशीलले नै गायका छन् । यो गीतमा उनलाई गायनमा बीबी अनुरागीले साथ दिएका छन् । यो गीतलाई हेमन्त विवशले लेखेका हुन् । नदी किनारमा गिट्टी कुटेर जीवन यापन गरिरहेका मजदुरहरूको ब्याथामा यो गीत आधारित छ । गीतको भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ, श्रेया नापितले अभिनय गरेका छन् ।
यी दुवै गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन, केशव कोइरालाले कोरियोग्राफी, राजेन्द्र पाण्डेले छायांकन एवम् सम्पादन गरेका हुन् । विमोचन कार्यक्रममा सबैलाई स्वागत गर्दै भिडियो निर्देशक कृष्ण रसालले यसपटक आफूलाई दुई फरक शैलीका गीतको निर्देशन गर्दा फरक अनुभव भएको बताए । विगत चार दशकदेखि गायन, सङ्गीत र बाँसुरी वादनमा क्रियाशील रहँदै आएका सुशीलले यसपटक निकै राम्रो गीत गाएको पनि उनले बताए ।
गायक एवम् सङ्गीतकार सुशील विश्वकर्माले सबैलाई धन्यवाद दिँदै केही समय यताबाट आफू अमेरिकामा रहँदै आए पनि त्यहाँ रहेका नेपालीहरूलाई गीत सङ्गीत नयाँ पुस्तालाई सिकाउँदै आएको बताए । आफू जहाँ रहे पनि सङ्गीत सृजना र गायनलाई निरन्तरता दिने उनको कथन थियो ।
कार्यक्रममा गायिका लोचन भट्टराईले पनि सुशीलको गायनको प्रशंसा गरिन् । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले सुशीलको सङ्गीत र गायन दुवै राम्रो भएको बताए ।
सङ्गीतकार दीपक जंगमले सुशीलले सुन्दा आनन्द आउने गीत बजारमा ल्याएको भन्दै उनलाई यस्ता सङ्गीत सृजनालाई निरन्तरता दिन पनि सुझाव दिए । भिडियो निर्देशक कृष्ण रसालले पनि गीतलाई भिडियोमा जीवन्तसँग ढालेको जंगमले बताए ।
गायिका मिरा राणाले कार्यक्रममा बोल्दै अग्रज रेडियो नेपालमा समूहमा गीत गाउने गरेका सुशीलले एकल रुपमा पनि यसपटक राम्रो गीत गाएको बताइन् । सुशीलको गायन पछिल्लो समय राम्रो हुँदै गएको पनि उनले जिकिर गरिन् । सङ्गीत सृजनासँगै उनले सुशीललाई गाउन पनि सल्लाह दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण