अपडेट
बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार
सोमबार, १९ जेठ २०८२, १५ : १५
काठमाडौँ । बजेटपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक नेप्से वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से १.६० अंकले वृद्धि भएर २ हजार ६९४.६६ को बिन्दुमा पुगेको हो ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटपछि पहिलो पटक सेयर बजार कारोबार भएको हो । यस दिन २ करोड २० लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड हाराहारीमा कारोबार भएको छ ।
यस्तै ओम मेगाश्री र प्युर इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढी सेयर कारोबार ङ्यादी ग्रुपको भयो । यस्तै उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटल एण्ड टुरिजम, हाइड्रोपावर, म्यानुफ्याक्चर एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्सको सेयर ऋणत्मक भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
-
संरक्षण क्षेत्रको नीतिमा व्यापक सुधार आवश्यक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण