बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
छलफल

मन्त्रिपरिषद् बैठकअघि सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै

सोमबार, १९ जेठ २०८२, १५ : ५७
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल हुने भएको छ । 

अहिले ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबामा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बिच छलफल हुन लागेको हो ।

संसद्को गतिरोध हटाउने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।यसअघि आज मात्रै नेकपा एमाले संसदीय दलको बैठकमा ओलीले संसद्को गतिरोध हटाउनका लागि आफूले प्रचण्डसँग संवाद गर्न खोजेपनि प्रचण्ड सम्पर्कमा आउन नचाहेको बताएका थिए । 

शीर्ष नेताहरूको बैठकपछि साढे ५ बजे मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरू हुने बताइएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप