प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त
सोमबार, १९ जेठ २०८२, १८ : ०१
काठमाडौँ । प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन् । सोमबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले रिक्त ६ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।
नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनबिच भागभण्डा गरिएको हो ।
प्रेस चौतारीबाट भीमलाल श्रेष्ठ, निमा काफ्ले र शान्तराम विडारी सदस्यमा नियुक्त हुँदा प्रेस युनियनबाट बालकृष्ण अधिकारी, पदमराज जोशी र नकुल अर्याल नियुक्त भएका छन् । सदस्यहरुले नियुक्तिपत्र समेत बुझिसकेका छन् ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल आजबाट सकिएको छ । वि.सं. २०७८ जेठ २० गते बस्नेत अध्यक्षमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण