बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त

सोमबार, १९ जेठ २०८२, १८ : ०१
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन् । सोमबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले रिक्त ६ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनबिच भागभण्डा गरिएको हो ।

प्रेस चौतारीबाट भीमलाल श्रेष्ठ, निमा काफ्ले  र शान्तराम विडारी सदस्यमा नियुक्त हुँदा प्रेस युनियनबाट बालकृष्ण अधिकारी, पदमराज जोशी र नकुल अर्याल नियुक्त भएका छन् । सदस्यहरुले नियुक्तिपत्र समेत बुझिसकेका छन् । 

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल आजबाट सकिएको छ । वि.सं. २०७८ जेठ २० गते बस्नेत अध्यक्षमा नियुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप