प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त
सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत भैसकेका बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए ।
हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका उनी प्रेस युनियन र प्रेस संगठन नेपाल गठबन्धनसँग पराजित भएका थिए । दोलखाका बस्नेत कानुन व्यवसायी समेत हुन् । यसअघि काउन्सिलमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक अध्यक्षका रुपमा रहँदै आएका थिए ।
चार वर्षअघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यताका विषयमा विवाद उत्पन्न भई सर्वोच्च अदालतमा मुद्दामा परेपछि श्रेष्ठ र बुढाथोकीले २–२ वर्ष कार्यबाहक अध्यक्ष चलाएका थिए । बरालको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो । बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण