ऐतिहासिक पदक जितेकी एरिकाको स्वदेश फिर्ता, तस्बिरहरू
_rybSqoaC2w.jpg)
समाचार सारांश
- कराते खेलाडी एरिका गुरुङले कराते-१ प्रिमियर लिगमा कास्य पदक जितिन्।
- उनलाई नेपाल फर्किंदा समर्थकहरूले स्वागत गरे।
- एरिकाले फ्रान्सेली खेलाडीलाई हराएर ऐतिहासिक पदक जितिन्।
काठमाडौँ । कराते खेलाडी एरिका गुरुङ विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर मंगलबार नेपाल फर्किएकी छिन् ।
उनी फर्किँदा विमानस्थलमा खेल पदाधिकारी, समर्थक र शुभेच्छुकहरूले स्वागत गरेका थिए ।
एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।
उनी करते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन्। यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन्। यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन्। सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन्।
एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन्। उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दा जैविक विविधतामा खतरा निम्त्यायो : उपराष्ट्रपति यादव
-
प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’
-
आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आहा ! अङ्गुर खेती
-
आजको राशिफल : कुन राशिका लागि शुभ छ दिन ?