ऐतिहासिक पदक जितेकी एरिकाको स्वदेश फिर्ता, तस्बिरहरू
सारांश
- कराते खेलाडी एरिका गुरुङले कराते-१ प्रिमियर लिगमा कास्य पदक जितिन्।
- उनलाई नेपाल फर्किंदा समर्थकहरूले स्वागत गरे।
- एरिकाले फ्रान्सेली खेलाडीलाई हराएर ऐतिहासिक पदक जितिन्।
काठमाडौँ । कराते खेलाडी एरिका गुरुङ विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर मंगलबार नेपाल फर्किएकी छिन् ।
उनी फर्किँदा विमानस्थलमा खेल पदाधिकारी, समर्थक र शुभेच्छुकहरूले स्वागत गरेका थिए ।
एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।
उनी करते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन्। यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन्। यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन्। सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन्।
एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन्। उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्।
_N9UtUw050U.jpg)
_NnM3GHtdeN.jpg)
_T3SB8XgL4O.jpg)
_kS7cq0fpe6.jpg)
_5GqFwA8liK.jpg)
_hKxmrSP4jV.jpg)
_sDpHZhKuum.jpg)
_75KZKzupCR.jpg)
_rybSqoaC2w.jpg)
_NNbJ4nixyY.jpg)
_MGqoJoysyL.jpg)
_Ud1GIpfq7P.jpg)
_wsatpBG6nH.jpg)
_cWF0FKYYBw.jpg)
_k5fBrpsfRG.jpg)
_PNkFabzdt7.jpg)
_eJ3MaK8QvR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण