दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति
मङ्गलबार, २० जेठ २०८२, १८ : ४०

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
मङ्गलबार बोर्डले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी रहेको उक्त कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको हो ।
कम्पनीलाई कुल ३९ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गर्न अनुमति भएको हो । जुन कुल सेयरको ३८.३३ प्रतिशत हो ।
कम्पनीले अङ्कित मूल्य १ सयका दरले सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘मोहर’ को नयाँ पोस्टर : नीति र बेनिशाको अँगालोमा पल
-
ऊर्जा व्यवसायी भन्छन् - ‘टेक एन्ड पे’को व्यवस्थाबारे ऊर्जामन्त्रीले जिम्मेवारी लिन नसके राजीनामा दिनुपर्छ
-
चेम्बर र आईएमएफका प्रतिनिधिबिच नेपालको आर्थिक अवस्थाबारे छलफल
-
‘कश्यप’ मा सविन भिलेन कि हिरो ?
-
सदर चिडियाखानामा एउटा गैँडा थपियो
-
नेपाल बीमा प्राधिकरणमा इजलास सुरु