राइड सेयरिङ नियमावली प्रकरण
राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय
मङ्गलबार, २० जेठ २०८२, १९ : १४
१

समाचार सारांश
- गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेको छ।
- केन्द्र सरकारको पत्रपछि मुख्यमन्त्रीको निर्णय, यातायात व्यवसायीसँग वार्ता गर्ने तयारी छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमावली रोक्न पत्र पठाएको थियो।
पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेको छ । केन्द्र सरकारको पत्र बमोजिम गण्डकी प्रदेश सरकारले उक्त नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका एक जना अधिकारीले बताए ।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्न भन्दै पत्र पठाएको थियो । सोपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले छलफल सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल गरेका थिए । छलफलपछि सो अवधिका लागि नियमावली स्थगित गर्ने र यातायात व्यवसायीसँग वार्ता गर्ने निर्णय भएको ती अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल
-
यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर