पायोनियर मोटोकर्पले ’जिकर एक्स’ इलेक्ट्रिक लक्जरी एसयूभी सुलभ मूल्यमा ल्यायो
काठमाडौं । नेपालका लागि जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटोकर्पले लक्जरी इलेक्ट्रिक एसयूभी जिकर एक्स नयाँ तथा परिमार्जित मूल्यमा सार्वजनिक गरेको छ।
अब यो गाडी रू. ७४,९९,००० मा उपलब्ध हुनेछ। यसको पहिलाको मूल्य रू. ८४,९९,००० रहेको थियो। कम्पनीले ’अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ योजना अन्तर्गत १० लाख रुपैयाँको मूल्य कटौतीसहित गाडी बजारमा ल्याएको हो।
यस योजनाअनुसार ग्राहकले जम्मा २० प्रतिशत डाउन पेमेन्टमा जिकर एक्स खरिद गर्न सक्नेछन्। साथै, एक्सचेन्ज बोनस, अटो प्लस बीमा, एक आर्थिक वर्षको सडक कर छुट, र निःशुल्क ७ किलोवाट वाल चार्जरजस्ता थप सुविधाहरू पनि ग्राहकले प्राप्त गर्नेछन्।
२०० किलोवाट मोटर र ४४० किमी रेन्ज
जिकर एक्स शक्तिशाली २०० किलोवाटको मोटरद्वारा सञ्चालित छ, जसले उत्कृष्ट पर्फमेन्स र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ। यसको डब्लुएलटिपी (WLTP) प्रमाणित रेन्ज ४४० किलोमिटर रहेको छ। गाडी उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ, जुन जिकर ००१ र जिकर सेभेन–एक्समा पनि प्रयोग भएको थियो।
यसको संरचना ७३ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरेर निर्माण गरिएको छ, जसले मजबुती र सुरक्षाबीच उत्कृष्ट सन्तुलन प्रदान गर्दछ।
सेफ्टी र वातावरणमैत्रीपनमा उत्कृष्ट
जिकर एक्सले २०२४ युरो एनक्याप (EURO NCAP) परीक्षणमा ५–स्टार सेफ्टी रेटिङ प्राप्त गर्दै दुई विधामा विजेता बन्ने एकमात्र गाडी बन्न सफल भएको छ। साथै, वातावरणमैत्रीपनको मूल्यांकन गर्ने ग्रिन एनक्यापबाट पनि ५–स्टार रेटिङ हासिल गर्दै यो गाडीले हरित प्रविधिको पक्षमा आफ्नो प्रभुत्व देखाएको छ।
लक्जरी र स्मार्ट सिटी मोबिलिटीको सन्तुलन
गिलि होल्डिङ ग्रुप अन्तर्गत उत्पादित जिकर एक्स लक्जरी, स्मार्ट अर्बन मोबिलिटी र सहज पहुँचको सन्तुलनसहित सहरी विद्युतीय एसयूभीको नयाँ मापदण्ड बनाउने दिशामा अघि बढेको कम्पनीले जनाएको छ।
पायोनियर मोटोकर्पले इलेक्ट्रिक गाडी किन्न चाहने ग्राहकहरूलाई नजिकको सोरुममा गएर जिकर एक्सको स्टाइलिश डिजाइन, प्राविधिक विशेषता र नयाँ योजनाको प्रत्यक्ष अनुभव लिन आह्वान गरेको छ। कम्पनीको अनुसार यो मूल्य र योजना जिकर एक्स खरिद गर्न चाहनेका लागि उत्कृष्ट अवसर हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण