सुन जस्तो देखिने धातुसहित जना पक्राउ
बिहीबार, २२ जेठ २०८२, १७ : ३४

समाचार सारांश
- चन्द्रागिरी नगरपालिकामा सुनजस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन्।
- नागढुङ्गाबाट प्रहरीले २७४ ग्राम धातुसहित भारतका एक व्यक्तिलाई पक्राउ गरेको हो।
- प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा जाँच गर्ने क्रममा उनलाई फेला पारेको हो।
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुनजस्तो देखिने धातु २ सय ७४ ग्राम सहित भारत पश्चिम बंगाल घर बताउने ३१ वर्षीय महादेव सामन्तलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।