न्यूजिल्यान्डमा तीन माओरी सांसद निलम्बित
सारांश
- न्युजिल्याण्डको संसदमा माओरी हाका प्रदर्शन गर्ने तीन सांसदलाई निलम्बन गरियो।
- निलम्बनमा परेका सांसदहरूले प्रस्तावित कानुनको विरोध गरेका थिए, जसले माओरी अधिकारलाई असर गर्ने दाबी गरिएको थियो।
- हानालाई सात दिन र अन्य दुई सांसदलाई २१ दिनका लागि संसदबाट निलम्बन गरिएको छ, जुन पहिले कहिल्यै भएको थिएन।
वेलिङ्गटन । न्युजिल्याण्डको संसदमा माओरी हाका प्रदर्शन गर्ने तीन सांसदविरुद्ध कारबाही गरिएको छ । संसद्ले बिहीबार मतदानपछि तीनै सांसदहरूलाई निलम्बन गरेको हो । यी सांसदहरूले प्रस्तावित कानुनको विरोधमा माओरी हाका प्रदर्शन गरेका थिए ।
संसदबाट निलम्बित हुनेमा हाना–रावहिती मापेई–क्लार्क, डेबी नागरेवा–प्याकर र रविरी वैतीती छन् । हानालाई सात दिन र अरू दुई जनालाई २१ दिनको लागि संसदमा प्रतिबन्ध लगाइएको छ ।
यी तीन सांसदहरू माओरी पार्टीका हुन् । न्युजिल्याण्डको संसदमा सांसदहरूलाई यसअघि यति धेरै दिनका लागि कसैलाई पनि निलम्बन गरिएको थिएन । यसअघि यो समय केवल तीन दिन थिए ।
नोभेम्बरमा गरेका थिए विधेयकको विरोध
संसद्बाट निलम्बित गरिएका सांसदहरूले गत वर्ष नोभेम्बरमा एउटा विधेयकको विरोधमा माओरी हाका प्रदर्शन गरेका थिए । यो विधेयक लागू गरेर माओरी जनताको अधिकार घटाउन लागिएको यी सांसदहरूले चिन्ता व्यक्त गरेका थिए ।
विरोध प्रदर्शनका कारण संसद्मा महिनौँसम्म बहस चलेको थियो । अन्ततः बिहीबार घण्टौको बहसपछि, संसद्ले तीन सांसदहरूलाई निलम्बन गर्ने निर्णय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण