वन मन्त्रालयको बजेट १० वर्ष यताकै बढी
सारांश
- यस वर्ष वन तथा वातावरण मन्त्रालयको बजेट १८.५ प्रतिशतले बढेको छ ।
- गत वर्षको बजेटको तुलनामा यो वृद्धि भएको हो, र मन्त्रालयका अनुसार यसअघि पाँच पटक बजेट ऋणात्मक देखिएको थियो।
- वनमन्त्री ऐनबहादुर शाहीका अनुसार कर्णालीले बजेटमा प्राथमिकता पाएको छ, किनभने कर्णालीमा समपूरक अनुदान र विशेष अनुदानको रकम बढेको छ।
काठमाडौँ । संविधानसभामार्फत संविधान जारी भए पछिका दश वर्षका बजेटमध्ये यस वर्ष वन तथा वातावरण मन्त्रालयको बजेट ऐतिहासिक रूपमा बढेको छ । यस वर्ष मन्त्रालयको बजेट गत वर्षको तुलनामा १८.५ प्रतिशत बढेको मन्त्री ऐनबहादुर शाहीले जानकारी दिए ।
मन्त्रालयले संविधान जारीपछि आएका बजेटमा वन मन्त्रालयको बजेटबारे उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्षको बजेटमा त्यो भन्दा अघिल्लो वर्षको भन्दा एक प्रतिशत बढेको मन्त्रालयको बजेट अहिले १८.५ प्रतिशतले बढेको हो ।
मन्त्रालयले दिएको तथ्याङ्क अनुसार संविधान जारी भएपछि आएका १० बजेटमा वन तथा वातावरण मन्त्रालयको बजेट पाँच पटक ऋणात्मक देखिन्छ । ०७३/७४, ०७६/७७, ०७७/७८, ०७८/७९ र ०८०/८१ को बजेटमा वन मन्त्रालयको बजेट ऋणात्मक देखिन्छ ।
१० वर्षमा सबैभन्दा बढी यो पटकको बजेटमा बढेको देखिन्छ । दोस्रो धेरै बढेको ०७९/८० मा हो । त्यसबेला अघिल्लो वर्षको बजेटभन्दा १५.३ प्रतिशतले बढेको थियो ।
तेस्रो धेरै बढेको ०७४/७५ मा हो । त्यसबेला अघिल्लो वर्षको बजेटभन्दा ११.४ प्रतिशतले बढेको थियो । वनमन्त्री शाही कर्णालीका भएकाले मन्त्रालयको बजेटमा कर्णालीले प्राथमिकता पाएको देखिन्छ ।
कर्णालीमा कर्णालीमा समपूरक अनुदान रकम र विशेष अनुदानको रकम बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण