वन मन्त्रालयको बजेट १० वर्ष यताकै बढी
समाचार सारांश
- यस वर्ष वन तथा वातावरण मन्त्रालयको बजेट १८.५ प्रतिशतले बढेको छ ।
- गत वर्षको बजेटको तुलनामा यो वृद्धि भएको हो, र मन्त्रालयका अनुसार यसअघि पाँच पटक बजेट ऋणात्मक देखिएको थियो।
- वनमन्त्री ऐनबहादुर शाहीका अनुसार कर्णालीले बजेटमा प्राथमिकता पाएको छ, किनभने कर्णालीमा समपूरक अनुदान र विशेष अनुदानको रकम बढेको छ।
काठमाडौँ । संविधानसभामार्फत संविधान जारी भए पछिका दश वर्षका बजेटमध्ये यस वर्ष वन तथा वातावरण मन्त्रालयको बजेट ऐतिहासिक रूपमा बढेको छ । यस वर्ष मन्त्रालयको बजेट गत वर्षको तुलनामा १८.५ प्रतिशत बढेको मन्त्री ऐनबहादुर शाहीले जानकारी दिए ।
मन्त्रालयले संविधान जारीपछि आएका बजेटमा वन मन्त्रालयको बजेटबारे उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्षको बजेटमा त्यो भन्दा अघिल्लो वर्षको भन्दा एक प्रतिशत बढेको मन्त्रालयको बजेट अहिले १८.५ प्रतिशतले बढेको हो ।
मन्त्रालयले दिएको तथ्याङ्क अनुसार संविधान जारी भएपछि आएका १० बजेटमा वन तथा वातावरण मन्त्रालयको बजेट पाँच पटक ऋणात्मक देखिन्छ । ०७३/७४, ०७६/७७, ०७७/७८, ०७८/७९ र ०८०/८१ को बजेटमा वन मन्त्रालयको बजेट ऋणात्मक देखिन्छ ।
१० वर्षमा सबैभन्दा बढी यो पटकको बजेटमा बढेको देखिन्छ । दोस्रो धेरै बढेको ०७९/८० मा हो । त्यसबेला अघिल्लो वर्षको बजेटभन्दा १५.३ प्रतिशतले बढेको थियो ।
तेस्रो धेरै बढेको ०७४/७५ मा हो । त्यसबेला अघिल्लो वर्षको बजेटभन्दा ११.४ प्रतिशतले बढेको थियो । वनमन्त्री शाही कर्णालीका भएकाले मन्त्रालयको बजेटमा कर्णालीले प्राथमिकता पाएको देखिन्छ ।
कर्णालीमा कर्णालीमा समपूरक अनुदान रकम र विशेष अनुदानको रकम बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल
-
यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर