माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
सारांश
- माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित गरिएको छ।
- मौसम विभागको चेतावनी अनुसार, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको कारण अभियान स्थगित भएको हो।
- अभियान जेठ २१ देखि २५ गतेसम्म सञ्चालन हुने तय भएको थियो, तर प्रतिकूल मौसमका कारण स्थगित गरियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको छ । जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको थियो ।
तर मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले जानकारी दिए ।
‘कोशी प्रदेश लगायत मध्य पहाडी लोकमार्ग अन्तर्गत अत्याधिक पानी पर्ने सम्भावना रहेको मौसम विभागले जानकारी गराएको छ । धेरै ठाउँमा सडकहरू भत्किएका छन् । यी सबैलाई ध्यानमा राखेर आजदेखि २५ गतेसम्म हुने भनिएको अभियान हालका लागि स्थगित गरिएको छ’, रातोपाटीसँग पुनले भने ।
प्रतिकूल मौसमका कारण सोमबार माओवादीले जारी गरेको परिपत्रमा समेत अभियानको कार्यतालिका नराखिएको उनले बताए । पहिलो चरणको अभियान जेठ २ गतेबाट बैतडीको पाटन बजारबाट सुरु भएर पोखरामा आएर टुङ्गिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण