तीनकुने घटना
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
बुधबार, २१ जेठ २०८२, ११ : ११
सारांश
- तीनकुने घटनाका प्रतिवादीहरूको बयान सकियो, थुनछेक बहस सुरु भयो।
- ५० जना प्रतिवादीमध्ये ३९ जना थुनामा, थुनछेकपछि पुर्पक्षको लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश आउनेछ।
- भाटभटेनी लुटपाटमा संलग्न ११ जना धरौटीमा रिहा, आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाइएको थियो।
काठमाडौँ । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान पुरा भएको छ । बयान पुरा भएसँगै बुधबारबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ ।
राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये ३९ जना थुनामा छन् । थुनछेक सकिएपछि प्रसाईं सहितका प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने भन्नेबारे आदेश आउँछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण