शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
तीनकुने घटना

दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक

बुधबार, २१ जेठ २०८२, ११ : ११
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • तीनकुने घटनाका प्रतिवादीहरूको बयान सकियो, थुनछेक बहस सुरु भयो।
  • ५० जना प्रतिवादीमध्ये ३९ जना थुनामा, थुनछेकपछि पुर्पक्षको लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश आउनेछ।
  • भाटभटेनी लुटपाटमा संलग्न ११ जना धरौटीमा रिहा, आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाइएको थियो।

काठमाडौँ । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान पुरा भएको छ । बयान पुरा भएसँगै बुधबारबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ ।

राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये ३९ जना थुनामा छन् । थुनछेक सकिएपछि प्रसाईं सहितका प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने भन्नेबारे आदेश आउँछ ।

भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप