लुम्बिनीका तीन जिल्लाको अधिवेशन गराउन उपेन्द्र यादव नेपालगञ्जमा
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन आज नेपालगञ्ज पुगेको छ ।
पश्चिम नेपालमा जसपा नेपालको बलियो किल्ला मानिएको बाँके जिल्लाको अधिवेशन सम्पन्न गराउन नेताहरू नेपालगञ्ज पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । बुधबार बिहान अध्यक्षसहितका नेताहरू नेपालगञ्ज गएका हुन् ।
अधिवेशन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सदस्य सिपी सिंह लगायतका केन्द्रीय नेतृत्व नेपालगञ्ज प्रस्थान गरेको हो ।
आज बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन हुँदै छ । दिउँसोदेखि सुरु हुने अधिवेशनको अध्यक्ष यादवले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि सङ्गठनको आगामी योजना एवं कार्यदिशा तय गर्नेछ ।
यसैगरी, जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशन भोलि २२ गते गुलरियामा हुँदै छ । २३ गते बिहीबार जसपा नेपाल कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न गर्ने तय भएको छ ।
यी तीन वटै जिल्लाको अधिवेशनमा अध्यक्ष यादवसहितको केन्द्रीय नेतृत्व सहभागी हुने बताइएको छ । जसपा नेपाल अहिले देशव्यापी रूपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने अभियानमा होमिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण