काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रे । काभ्रेको बेथानचोकमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेथान्चोक गाउँपालिका भुग्देउ स्थित दर्केखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पनौतीबाट यात्रु बोकेर भुग्देउका लागि छुटेको बा ४ ख ४४३५ नम्बरको बस बेथानचोक–६ च्यानडाडा ओरालो (दर्केखोला नजिक) दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । दुर्घटनामा अन्य ३ जना घाईते भएको उनले बताए ।
पनौतीबाट यात्रु लिएर भुग्देउ गएको यात्रुबसमा भुग्देउ पुग्दा ५ जना मात्र यात्रु रहेको उनले बताए । दुर्घटनामा ६० वर्षिय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।
उनका अनुसार मृतक कृष्णकुमारीकी नातिनी वर्ष १ की संगम तिमल्सिना र बुहारी सगिता आचार्य तिमल्सिना घाइते भएका छन् । दुर्घटनामा बसका चालकसमेत घाइते भएका छन् । घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी
-
ट्रम्प र मस्कबिचको चर्को बहसपछि घट्यो टेस्लाको शेयर
-
चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प
-
बजेट नपरेकोबारे सोध्दा ऋषिकेशका पिएको जवाफ : बसाइँ सरेर अन्तै जानु
-
इङ्गल्यान्डमा खेलिने टेस्ट शृङ्खलाको नाम ‘एन्डर्सन–तेन्दुल्कर ट्रफी’
-
अब बोल्ड बन्छु : गरिमा शर्मा