काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
काभ्रे । काभ्रेको बेथानचोकमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेथान्चोक गाउँपालिका भुग्देउ स्थित दर्केखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पनौतीबाट यात्रु बोकेर भुग्देउका लागि छुटेको बा ४ ख ४४३५ नम्बरको बस बेथानचोक–६ च्यानडाडा ओरालो (दर्केखोला नजिक) दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । दुर्घटनामा अन्य ३ जना घाईते भएको उनले बताए ।
पनौतीबाट यात्रु लिएर भुग्देउ गएको यात्रुबसमा भुग्देउ पुग्दा ५ जना मात्र यात्रु रहेको उनले बताए । दुर्घटनामा ६० वर्षिय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।
उनका अनुसार मृतक कृष्णकुमारीकी नातिनी वर्ष १ की संगम तिमल्सिना र बुहारी सगिता आचार्य तिमल्सिना घाइते भएका छन् । दुर्घटनामा बसका चालकसमेत घाइते भएका छन् । घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर
-
सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
-
कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु
-
योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण
-
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण