अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने
काठमाडौँ । फिल्म डीसीएन (डिजिटल सिनेमा नेपाल) बाट रिलिज गर्दा निर्मातालाई लाग्दै आएको बहुचर्चित भीपीसी (भर्चुअल प्रिन्ट कस्ट)मा अब २५ प्रतिशत छुट पाइने भएको छ ।
चलचित्र निर्माता सङ्घ र डीसीएनबिच बुधबार भएको वार्तामा सहमति भएसँगै उक्त छुट पाइने भएको हो । केडीएम चार्जसमेत भनिने यो प्रणालीको शुल्कमा कटौती गर्नेबारे बुधबार निर्माता सङ्घ र डीसीएनबिच वार्ता भएको थियो । साउन मसान्तदेखि लागु हुनेगरी केडीएम चार्ज २५ प्रतिशत घटाउने सहमति भएको हो ।
सहमति पत्रका निर्माता सङ्घका सबै पदाधिकारी र डीसीएन प्रमुख अशोक शर्माले हस्ताक्षर गरेका छन् । यो निर्णय घरेलु चलचित्रको हकमा मात्र लागु हुनेछ । ‘निर्माताले लामो समयदेखि उठाउँदै आएको कुरा आज पूरा भएको छ,’ निर्माता सङ्घका अध्यक्ष नबल खड्काले भने, ‘आजको दिन नेपाली चलचित्र निर्माताको लागि ऐतिहासिक दिन भयो ।’
आजको निर्णयले निर्मातालाई वार्षिक ५० लाखभन्दा धेरै रकम मुनाफा हुने अध्यक्ष खड्काले बताए ।शुल्क घटाउन निर्माता सङ्घले उदय सुब्बाको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको थियो । जसमा खगेन्द्र लामिछाने, दीपेन्द्र के खनाल, दीपकराज गिरी, निश्चल बस्नेतलगायत सदस्य थिए ।
यसअघि निर्माता सङ्घका अध्यक्ष नबल खड्काको पहलमा निर्माता सङ्घ र प्रदर्शक संस्थाबिच हलको राजस्व बाँडफाँटमा ५०–५० प्रतिशत रकम बाँड्ने सहमति भएको थियो ।
‘फिफ्टी फिफ्टीको नियम लागु हुँदा पूर्णबहादुरको सारङ्गी फिल्मले ३ करोडभन्दा धेरै फाइदा लियो,’ अध्यक्ष खड्काले भने, ‘निर्माता सङ्घ निर्माताको सहजीकरणमा कटिबद्ध छ ।’
यसअघि निर्माता सङ्घ र प्रदर्शक संस्थाबिच हलको राजस्व बाँडफाँटमा ५०–५० प्रतिशत रकम बाँड्ने सहमति लागु भएको थियो ।जसबाट पूर्णबहादुरको सारङ्गी फिल्मले ३ करोडभन्दा धेरै फाइदा लिएको अध्यक्ष खड्काको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण