युइएफए नेसन्स लिगकाे फाइनलमा पुग्यो पोर्चुगल

समाचार सारांश
- युइएफए नेसन्स लिगको सेमिफाइनलमा जर्मनीलाई २-१ ले पराजित गर्दै पोर्चुगल फाइनलमा प्रवेश गरेको छ।
- खेलमा जर्मनीका लागि विर्ट्जले एक गोल गरे भने पोर्चुगलका लागि कोन्सेइकाओ र रोनाल्डोले एक-एक गोल गरे।
- पोर्चुगलले अब फाइनलमा स्पेन र फ्रान्सबीचको विजेतासँग जुन ९ मा प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । युइएफए नेसन्स लिगको पहिलो सेमिफाइनलमा घरेलु टोली जर्मनीलाई पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको छ ।
जर्मनीको एलियान्ज एरिना बिहिबार बिहान सम्पन्न खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको हो ।
गोल रहित बराबरीमा टुङ्गिएको पहिलो हाफ पछि सुरु भएको दोस्रो हाफको ४८ औँ मिनेटमा फ्लोरियन विर्ट्जले गोल गर्दै जर्मनीलाई १ः० को अग्रता दिलाएका थिए ।
खेलको ५८ औँ मिनेट स्बस्टिच्युट खेलाडीको रूपमा मैदान छिरेका फ्रान्सिस्को कोन्सेइकाओले ६३ औँ मिनेटमा पोर्चुगलका लागि बराबरी गोल गरे । ६८ औँ मिनेटमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो गोल गर्दै आफ्नो टिमलाई २ः१ को अग्रता दिलाए । बाँकी रहेको समयमा गोल गर्न नसकेपछि जर्मनी लिगबाट बाहिरिँदा पोर्चुगल फाइनल प्रवेश गरेको छ ।
पोर्चुगलले अब भोली हुने स्पेन र फ्रान्सबीचको बिजेता टोली सँग जुन ९ तारिखमा फाइनल खेल्ने छ।
वर्षाको कारण निर्धारित समयभन्दा १० मिनेट ढिला गरी खेल सुरु भएको थियो ।
आजको खेलमा गोल गर्दै रोनाल्डोले पोर्चुगलका लागि आफ्नो १३७ औँ अन्तर्राष्ट्रिय गोल पुर्याएका छन् ।
यो सँगै पोर्चुगल दोस्रो पटक लिगको फाइनलमा पुगेको हो । यसअघि लिगको पहिलो संस्करण सन् २०१८ मा फाइनल नेदरल्यान्डसलाई १ः० ले पराजित गर्दै उपाधि हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाद्वारा राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षकलाई स्वागत
-
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापीरुपमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना
-
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
-
विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको 'केटुके ड्राइभ' सुरु
-
हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेशमा लगाइएको प्रतिबन्धमा अस्थायी रोक
-
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या