युइएफए नेसन्स लिगकाे फाइनलमा पुग्यो पोर्चुगल
सारांश
- युइएफए नेसन्स लिगको सेमिफाइनलमा जर्मनीलाई २-१ ले पराजित गर्दै पोर्चुगल फाइनलमा प्रवेश गरेको छ।
- खेलमा जर्मनीका लागि विर्ट्जले एक गोल गरे भने पोर्चुगलका लागि कोन्सेइकाओ र रोनाल्डोले एक-एक गोल गरे।
- पोर्चुगलले अब फाइनलमा स्पेन र फ्रान्सबीचको विजेतासँग जुन ९ मा प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । युइएफए नेसन्स लिगको पहिलो सेमिफाइनलमा घरेलु टोली जर्मनीलाई पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको छ ।
जर्मनीको एलियान्ज एरिना बिहिबार बिहान सम्पन्न खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको हो ।
गोल रहित बराबरीमा टुङ्गिएको पहिलो हाफ पछि सुरु भएको दोस्रो हाफको ४८ औँ मिनेटमा फ्लोरियन विर्ट्जले गोल गर्दै जर्मनीलाई १ः० को अग्रता दिलाएका थिए ।
खेलको ५८ औँ मिनेट स्बस्टिच्युट खेलाडीको रूपमा मैदान छिरेका फ्रान्सिस्को कोन्सेइकाओले ६३ औँ मिनेटमा पोर्चुगलका लागि बराबरी गोल गरे । ६८ औँ मिनेटमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो गोल गर्दै आफ्नो टिमलाई २ः१ को अग्रता दिलाए । बाँकी रहेको समयमा गोल गर्न नसकेपछि जर्मनी लिगबाट बाहिरिँदा पोर्चुगल फाइनल प्रवेश गरेको छ ।
पोर्चुगलले अब भोली हुने स्पेन र फ्रान्सबीचको बिजेता टोली सँग जुन ९ तारिखमा फाइनल खेल्ने छ।
वर्षाको कारण निर्धारित समयभन्दा १० मिनेट ढिला गरी खेल सुरु भएको थियो ।
आजको खेलमा गोल गर्दै रोनाल्डोले पोर्चुगलका लागि आफ्नो १३७ औँ अन्तर्राष्ट्रिय गोल पुर्याएका छन् ।
यो सँगै पोर्चुगल दोस्रो पटक लिगको फाइनलमा पुगेको हो । यसअघि लिगको पहिलो संस्करण सन् २०१८ मा फाइनल नेदरल्यान्डसलाई १ः० ले पराजित गर्दै उपाधि हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण