आजको राशिफल : कुन राशिका लागि शुभ छ दिन ?

आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल जेष्ठ २२ गते । बिहीबार । ईश्वी सन् २०२५ जुन ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ शुक्लपक्ष। तिथि–दशमी, ५६ घडी २ पला, रातको ३ बजेर ३५ मिनेट उप्रान्त एकादशी । नक्षत्र–उत्तराफाल्गुनी, २ घडी ३ पला, बिहान ५ बजेर ५९ मिनेट उप्रान्त हस्त । योग– सिद्धि, १६ घडी २६ पला, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल, दिउसो २ बजेर ४७ मिनेट उप्रान्त गर, रातको ३ बजेर ३५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कन्या ।
काठंमाडौमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेट । दिनमान ३४ घडी २४ पला ।
आजको बार बेला ।
बिहान ५ बजेर १० मिनेटसम्म शुभ बेला ।
बिहान ५ बजेर ११ मिनेट देखी बिहान ६ बजेर ५३ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५४ मिनेट देखी बिहान ८ बजेर ३६ मिनेटसम्म उद्धेग बेला ।
बिहान ८ बजेर ३७ मिनेट देखी बिहान १० बजेर १९ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर २० मिनेट देखी बिहान १२ बजेर ३ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर ३ मिनेट देखी दिउसो १ बजेर ४६ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ४७ मिनेट देखी दिउसो ३ बजेर २९ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर २९ मिनेट देखी बेलुकी ५ बजेर १२ मिनेटसम्म शुभ बेला ।
बेलुकी ५ बजेर १३ मिनेट देखी बेलुकी ८ बजेर १२ मिनेटसम्म रोग बेला ।
नोट: शुभ कार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १ बजेर ४५ मिनेट देखी दिउसो ३ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ३ बजेर ३४ मिनेट देखी बिहान ४ बजेर २२ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ । न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग, ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरू थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, शेयर बजार तथा उद्योगबाट आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गलत लेखाई अथवा गलत बुझाईले आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढी नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार तथा शेयर बारमा लगानी गरे पनि थोरै नाफा हुनेछ । माया प्रेममा मनमुटाब सिर्जना हुने भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुटुम्ब तथा वाणी भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ । बोलिको माध्यमबाट राम्रा तथा परिणामूखी काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार तथा शेयर बजारबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तर पनि काम तथा अध्ययनको सिलसिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागि समय फलदायी रहनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाइ लेखाइ अरूभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । वित्तीय क्षेत्र तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढ्ने योग रहेको छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अनावश्यक विषयमा विवादमा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आई दैनिक कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा मनमुटाब बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । शेयर जारमा सुझबुझका साथ लगानी गर्नाले नाफा कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसमा सन्देशमूलक नाटक
-
संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत छौँ : महेश बर्तौला
-
टिजरमा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’
-
भारतबाट फर्किनेमा कोभिडको जोखिम, सुदूरपश्चिममा कस्तो छ तयारी ?
-
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
-
इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २५ हजार ९९९