स्वर्गीय कलाकार गौतमको परिवारलाई ५० हजार सहयोग

काठमाडौँ । स्वर्गीय हास्यकलाकार धनश्याम गौतमको परिवारलाई चलचित्र विकास बोर्डले ५० हजार रुपैयाँ सहयोग गरेको छ । बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषमार्फत उक्त सहयोगी गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल, सदस्यहरू एवं चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, तथा कलाकार रवीन्द्र खड्काको टोली पशुपतिस्थित क्रियापुत्री भवनमा पुगेर उक्त उनको परिवारलाई उक्त सहयोग गरेका हुन्।
यसअघि पनि गौतमको उपचारका क्रममा बोर्डले कल्याणकारी कोषमार्फत एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। क्यान्सरका कारण गौतमको जेठ १९ गते राति ११ः४५ बजे भक्तपुर ताथलीस्थित क्यान्सर अस्पतालमा उपचारको समय निधन भएको थियो।
झापा गौरादहमा जन्मिएर नेपाली हास्य–व्यङ्ग्य क्षेत्रमा ‘नक्कली प्रचण्ड’का रूपमा लोकप्रियता कमाएका गौतम विगत केही वर्षदेखि काठमाडौँको भक्तपुर कटुन्जेमा परिवारसहित बसोबास गर्दै आएका थिए।
चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषमार्फत अप्ठ्यारोमा परेका कलाकार तथा चलचित्रकर्मी वा तिनका परिवारलाई सहयोग पुर्याउने उद्देश्यअनुसार यो राहत प्रदान गरिएको चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा