सप्तकोशीमा गोताखोर बेपत्ताः
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान
बिहीबार, २२ जेठ २०८२, २३ : ४४
सारांश
- सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुई गोताखोरको खोजीका लागि टोली परिचालन गरिएको छ।
- विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा ५ जनाको टोली खटिएको छ।
- बेपत्ता हुनेमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेका छन्।
काठमाडौँ। सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बिहीबार बेपत्ता भएका दुई गोताखोरको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट ५ जनाको टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार बाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोरलाई बिहीबार राती १०ः४५ बजे त्यस तर्फ पठाइएको हो ।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार २०६९ सालमा बङ्गलादेशबाट गोताखोर तालिम लिएका भण्डारी त्यस यता नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन् । उनले घटनास्थल , पानीको बहाव र अन्य कुरा फिल्ड मानै नहेरी भन्न नसकिने बताएका छन् ।
उद्धार अभ्यास गर्ने क्रममा बिहीबार सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण