शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
सप्तकोशीमा गोताखोर बेपत्ताः

गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान

बिहीबार, २२ जेठ २०८२, २३ : ४४
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुई गोताखोरको खोजीका लागि टोली परिचालन गरिएको छ।
  • विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा ५ जनाको टोली खटिएको छ।
  • बेपत्ता हुनेमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेका छन्।

काठमाडौँ। सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बिहीबार बेपत्ता भएका दुई गोताखोरको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट ५ जनाको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार बाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोरलाई बिहीबार राती  १०ः४५ बजे त्यस तर्फ पठाइएको हो ।

सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार २०६९ सालमा बङ्गलादेशबाट गोताखोर तालिम लिएका भण्डारी त्यस यता नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन् । उनले घटनास्थल , पानीको बहाव र अन्य कुरा फिल्ड मानै नहेरी भन्न नसकिने बताएका छन् ।

उद्धार अभ्यास गर्ने क्रममा बिहीबार सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप