अर्थ
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
शुक्रबार, २३ जेठ २०८२, १० : ४६

समाचार सारांश
- शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो। छापावाल सुन प्रति तोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भयो।
- चाँदीको मूल्य भने शुक्रबार बढेको छ। चाँदी प्रति तोला २ हजार १५० रुपैयाँमा कारोबार भयो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको हो।
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ कायम भएको छ ।
यसैबिच शुक्रबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा