अर्थ
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
शुक्रबार, २३ जेठ २०८२, १० : ४६
सारांश
- शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो। छापावाल सुन प्रति तोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भयो।
- चाँदीको मूल्य भने शुक्रबार बढेको छ। चाँदी प्रति तोला २ हजार १५० रुपैयाँमा कारोबार भयो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको हो।
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ कायम भएको छ ।
यसैबिच शुक्रबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण