त्रिविले नेपाल आउने विदेशी विद्यार्थी र प्राध्यापकको भिसा प्रक्रिया अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रबाट गर्ने
शुक्रबार, २३ जेठ २०८२, १३ : ५३
सारांश
- त्रिभुवन विश्वविद्यालयले विदेशी विद्यार्थी र प्राध्यापकहरूको भिसा प्रक्रिया अब त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रबाट गर्ने भएको छ।
- विश्वविद्यालयले एकद्वार भिसा प्रणाली लागू गर्ने निर्णय गरेको छ, जसले विदेशी विद्यार्थी र प्राध्यापकहरूलाई सहजता प्रदान गर्नेछ।
- आगामी आर्थिक वर्षदेखि लागू हुने यो नीति त्रिवि सभाबाट पारित भइसकेको छ र यसले प्रक्रियालाई केन्द्रिकृत गर्नेछ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको भिसाको प्रक्रिया त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र कीर्तिपुरबाट गर्ने जनाएको छ । त्रिविले सार्वजनिक सूचना प्रकाशन गर्दै नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थी र प्राध्यापकहरूका लागि एकद्वार भिजा प्रणाली लागू गर्न लागेको हो ।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा व्यवस्था भई त्रिवि सभा २०८१ मा पारित भए बमोजिम त्रिवि समन्वय परिषद्को बैठकले त्रिवि अन्तर्गत सञ्चालित आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरूमा अध्ययन/अध्यापन अनुसन्धान प्रयोजनार्थ आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको भिसा प्रक्रिया केन्द्रबाट मात्रै अगाडि बढाइने जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण