आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

त्रिविले नेपाल आउने विदेशी विद्यार्थी र प्राध्यापकको भिसा प्रक्रिया अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रबाट गर्ने

शुक्रबार, २३ जेठ २०८२, १३ : ५३
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • त्रिभुवन विश्वविद्यालयले विदेशी विद्यार्थी र प्राध्यापकहरूको भिसा प्रक्रिया अब त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रबाट गर्ने भएको छ।
  • विश्वविद्यालयले एकद्वार भिसा प्रणाली लागू गर्ने निर्णय गरेको छ, जसले विदेशी विद्यार्थी र प्राध्यापकहरूलाई सहजता प्रदान गर्नेछ।
  • आगामी आर्थिक वर्षदेखि लागू हुने यो नीति त्रिवि सभाबाट पारित भइसकेको छ र यसले प्रक्रियालाई केन्द्रिकृत गर्नेछ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको भिसाको प्रक्रिया त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र कीर्तिपुरबाट गर्ने जनाएको छ । त्रिविले सार्वजनिक सूचना प्रकाशन गर्दै नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थी र प्राध्यापकहरूका लागि एकद्वार भिजा प्रणाली लागू गर्न लागेको हो । 

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा व्यवस्था भई त्रिवि सभा २०८१ मा पारित भए बमोजिम त्रिवि समन्वय परिषद्को बैठकले त्रिवि अन्तर्गत सञ्चालित आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरूमा अध्ययन/अध्यापन अनुसन्धान प्रयोजनार्थ आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको भिसा प्रक्रिया केन्द्रबाट मात्रै अगाडि बढाइने जनाएको हो ।

494863763_688868120660377_6719860923723196355_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप