कृषि क्षेत्रको विकासका लागि एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नुपर्छ : सांसद शाक्य
सारांश
- राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्यले कृषि क्षेत्रको विकासका लागि उत्कृष्ट कृषि केन्द्र स्थापना गर्नुपर्ने बताइन्।
- उनले माटोको गुणस्तर परीक्षण, बीउको गुणस्तर र उपचार, र कृषि प्रणालीलाई व्यवसायीकरण गर्नुपर्ने बताइन्।
- शाक्यले स्टार्टअपलाई प्राथमिकतामा राख्दै युवाहरूका लागि रोजगारी सिर्जना गर्नुपर्ने सुझाव दिइन्।
काठमाडौँ । राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्यले समग्र कृषि क्षेत्रको विकासका लागि उत्कृष्ट कृषि केन्द्र (एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स ) स्थापना गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८२–८३ को बजेटबारे आफ्ना धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।
‘माटोको गुणस्तर परीक्षण प्रणाली, उचित बाली छनौट, बीउको गुणस्तर र उपचार प्रणाली, बीउ उब्जाउ प्रोत्साहन, बीउ सङ्कलन संयन्त्र, कृषि प्रणालीलाई व्यवसायीकरण, दिगो र आधुनिक बनाउने विषय लगायत समग्र कृषि क्षेत्रको विकासका लागि उत्कृष्ट कृषि केन्द्र (एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स ) स्थापना गर्नुपर्छ,’ उनले भनिन्, ‘यसबाट वैज्ञानिक, प्राध्यापक, कृषि विज्ञ, इन्जिनियर, उद्यमी, विद्यार्थी र किसानले रोजगारी पाउनेछन्। यसले नेपाललाई निर्यातमुखी कृषि राष्ट्र बनाउनेछ।’
शाक्यले अघिल्लो बजेटमा युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न स्टार्टअपलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको दिएको स्मरण गर्दै भनिन्– ‘काम खोज्ने होइन, काम दिने युवाको सङ्ख्या वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशीलता प्रवर्द्धन गरिने कार्यक्रम तथा १० करोडसम्म वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था बजेटमा गरिएको छ, यो स्वागतयोग्य छ।’
उनले हाल नेपालमा ५०० भन्दा बढी स्टार्टअप दर्ता भइसकेको भन्दै सन् २०३० सम्म १० हजार स्टार्टअप र १०० भन्दा बढी युनिकर्न कम्पनी दर्ता हुने, र ५० हजारभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान रहेको उल्लेख गरिन् । ‘यस्ता लक्ष्य हासिल गर्न एन्जल इन्भेस्टर, भेन्चर क्यापिटल, क्राउड–फन्डिङ, प्राइभेट इक्विटजस्ता आधुनिक लगानी मोडेलको उपस्थिति आवश्यक छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण