विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको 'केटुके ड्राइभ' सुरु
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंदेखि भारतको दक्षिणी छेउ कन्याकुमारीसम्म विद्युतीय सवारीमार्फत ऐतिहासिक यात्रा सुरु गरेको छ।
‘'केटुके ड्राइभ'’ नाम दिइएको यो अभियान जेठ २३ काठमाडौंको थापाथलीस्थित टाटा मोटर्सको शोरूमबाट विधिवत् ‘फ्ल्याग अफ’ गर्दै सुरु गरिएको हो। अभियानले विद्युतीय गाडीमा दीर्घ दूरीको यात्रा सम्भव छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।
यस यात्रामा चर्चित अटो उत्साही अवशिष प्रसाद ओझा र विजय राम कासजू सहभागी छन्, जसले करिब ३,००० किलोमिटर दूरी विद्युतीय टाटा कर्भ ईभीमा तय गर्दै दक्षिण भारतको कन्याकुमारीसम्म पुग्नेछन्।
अभियान अघि बोल्दै ओझाले दक्षिण भारतको यात्रा आफ्ना लागि नयाँ नभए पनि इलेक्ट्रिक कारमा पहिलोपटक यात्रा गर्न लागेकोले फरक अनुभव हुने अपेक्षा व्यक्त गरे। “चार्जिङ सुविधा र दूरीका हिसाबले केही चुनौती हुन सक्छ। तर हामी उत्साहित छौं,” उनले भने, “टाटा कर्भ ईभीले यो यात्रा थप रोमाञ्चक बनाउनेछ।”
नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ ईभी एक अत्याधुनिक इलेक्ट्रिक SUV-कुपे हो। यसमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, V2L (भेइकल–टु–लोड) टेक्नोलोजी, र १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्सजस्ता विशेषताहरू छन्, जसले लामो दूरीको यात्रा सहज बनाउने अपेक्षा गरिएको छ।
सिप्रदी ट्रेडिङले यो यात्रा विद्युतीय सवारीको सम्भावना, वातावरणीय प्रभावबारे जनचेतना र भविष्यमा यस्ता प्रविधिहरूको प्रयोगलाई प्रोत्साहन दिने उद्देश्यसहित सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण