विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको 'केटुके ड्राइभ' सुरु

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंदेखि भारतको दक्षिणी छेउ कन्याकुमारीसम्म विद्युतीय सवारीमार्फत ऐतिहासिक यात्रा सुरु गरेको छ।
‘'केटुके ड्राइभ'’ नाम दिइएको यो अभियान जेठ २३ काठमाडौंको थापाथलीस्थित टाटा मोटर्सको शोरूमबाट विधिवत् ‘फ्ल्याग अफ’ गर्दै सुरु गरिएको हो। अभियानले विद्युतीय गाडीमा दीर्घ दूरीको यात्रा सम्भव छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।
यस यात्रामा चर्चित अटो उत्साही अवशिष प्रसाद ओझा र विजय राम कासजू सहभागी छन्, जसले करिब ३,००० किलोमिटर दूरी विद्युतीय टाटा कर्भ ईभीमा तय गर्दै दक्षिण भारतको कन्याकुमारीसम्म पुग्नेछन्।
अभियान अघि बोल्दै ओझाले दक्षिण भारतको यात्रा आफ्ना लागि नयाँ नभए पनि इलेक्ट्रिक कारमा पहिलोपटक यात्रा गर्न लागेकोले फरक अनुभव हुने अपेक्षा व्यक्त गरे। “चार्जिङ सुविधा र दूरीका हिसाबले केही चुनौती हुन सक्छ। तर हामी उत्साहित छौं,” उनले भने, “टाटा कर्भ ईभीले यो यात्रा थप रोमाञ्चक बनाउनेछ।”
नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ ईभी एक अत्याधुनिक इलेक्ट्रिक SUV-कुपे हो। यसमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, V2L (भेइकल–टु–लोड) टेक्नोलोजी, र १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्सजस्ता विशेषताहरू छन्, जसले लामो दूरीको यात्रा सहज बनाउने अपेक्षा गरिएको छ।
सिप्रदी ट्रेडिङले यो यात्रा विद्युतीय सवारीको सम्भावना, वातावरणीय प्रभावबारे जनचेतना र भविष्यमा यस्ता प्रविधिहरूको प्रयोगलाई प्रोत्साहन दिने उद्देश्यसहित सुरु गरेको जनाएको छ।