संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत छौँ : महेश बर्तौला
काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसद्लाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताएका हुन् ।
भिजिट भिसा प्रकरणमा दलहरूबिच संवाद जारी रहेकाले सहमति नै शुक्रबार सूचना टाँस गरी सदन स्थगित गरिएको उनले बताए । बर्तौलाले दलहरूबिच भएका छलफलहरू सकारात्मक ढङ्गले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने विपक्षीको मागका विषयमा बर्तौलाले कुनै पनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे । राज्यका संवैधानिक निकायहरूमाथि अविश्वास गर्न थाले उनीहरू कमजोर हुँदै जाने उनको भनाइ छ ।
बर्तौलाले संवैधानिक निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न सक्न वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण