नेपाली सेनाको सैन्य आधार तालिम समापन, २ हजार ९५१ नयाँ सैन्य दीक्षित
काठमाडौँ । नेपाली सेनाले देशभरका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन गरिएको ९ महिनाको सैन्य आधार तालिम शुक्रबार समापन गरेको छ ।
तालिम समापनका अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी नयाँ सैन्यहरूले अनुशासन र तालिममा देखाएको दक्षताको प्रदर्शन स्वरूप अन्तिम दलेल कवाज गरेका थिए ।
सेनाका अनुसार, कुल १९ स्थानमा सञ्चालन गरिएको उक्त तालिमबाट २,५६४ जना पुरुष र ३८७ जना महिला गरी कुल २,९५१ जना जवानहरू दीक्षित भएका छन्। तालिम समापन कार्यक्रमहरू विभिन्न स्थानमा छुट्टाछुट्टै ढङ्गले आयोजना गरिएको थियो ।
त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा आयोजित कवाज कार्यक्रममा बलाधिकृत रथी निर्मल कुमार थापाले निरीक्षण गरे भने सैनामैनास्थित नम्बर २ सैन्य तालिम केन्द्रमा सैनिक तालिम महानिर्देशक रथी ध्रुव प्रकाश शाहको प्रमुख आतिथ्य रहेको थियो।
साथै, देशभरका विभिन्न पृतना, बाहिनी, गण तथा गुल्महरूमा तालिम समापन समारोहमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले उपस्थिति जनाएका थिए ।
समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरिएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण