'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड

काठमाडौँ । एसिया मोडल 'फेस्टिभल फेस अफ नेपाल २०२५' का लागि आवेदन खुला गरिएको छ । आयोजक एमएस प्रोडक्सन नेपालले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी दियो । आजबाट प्रतियोगीहरूले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यस पटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन ।
गएका वर्षहरूमा उचाइमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन् । फेस अफ नेपालकी नेशनल डिरेक्टर मेनुका माझीले उचाइका कारणले नै सहभागिता जनाउन चाहनेहरू पछि पर्नु नपरोस् भनेर यस वर्षबाट उचाइको मापदण्ड हटाइएको जानकारी दिइन्।
उनले उमेरमा भने १८ वर्ष पुरा भएको र ३० वर्षभन्दा भित्रको रहनुपर्ने मापदण्ड यथावत रहेको जानकारी गराइन् ।यस पटकबाट कोरियोग्राफरको रूपमा दिक्पाल कार्की भित्रिएका छन् ।
पत्रकार सम्मेलनमा फेस अफ नेपाल २०२४ का विजेताहरू हिमाञ्चल राज केसी र टिना परियार उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता धनगढीमा सुरु
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी र्याफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य