'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड
काठमाडौँ । एसिया मोडल 'फेस्टिभल फेस अफ नेपाल २०२५' का लागि आवेदन खुला गरिएको छ । आयोजक एमएस प्रोडक्सन नेपालले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी दियो । आजबाट प्रतियोगीहरूले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यस पटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन ।
गएका वर्षहरूमा उचाइमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन् । फेस अफ नेपालकी नेशनल डिरेक्टर मेनुका माझीले उचाइका कारणले नै सहभागिता जनाउन चाहनेहरू पछि पर्नु नपरोस् भनेर यस वर्षबाट उचाइको मापदण्ड हटाइएको जानकारी दिइन्।
उनले उमेरमा भने १८ वर्ष पुरा भएको र ३० वर्षभन्दा भित्रको रहनुपर्ने मापदण्ड यथावत रहेको जानकारी गराइन् ।यस पटकबाट कोरियोग्राफरको रूपमा दिक्पाल कार्की भित्रिएका छन् ।
पत्रकार सम्मेलनमा फेस अफ नेपाल २०२४ का विजेताहरू हिमाञ्चल राज केसी र टिना परियार उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण