पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल
सारांश
- एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा नमुछिएको बताए।
- अख्तियारले तामेलीमा राखेको मुद्दालाई प्रधानमन्त्री ओलीले बदलाको भावनाले अगाडि बढाएको आरोप लगाए।
- भुसालले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको र सुशासन र रोजगारी मूल एजेन्डा हुनुपर्नेमा जोड दिए।
बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।
आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर अख्तियारले दाबी गरेजस्तो अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेको भुसालले प्रस्ट पारे । अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बदलाको भावनाले अगाडि बढाएको उनको आरोप थियो ।
आफ्ना विरोधीलाई ८४ सालभित्र सकाउने सिलसिलामा अध्यक्ष नेपालमाथि बदला स्वरूप मुद्दा चलाइएको उनले जिकिर गरे । भुसालले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्ष नेपालमाथि पनि त्यही नियति दोहोरिएको बताए । उनले वर्तमान नेतृत्व असफल हुँदा मुलुकमा निराशा देखिएको बताउँदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल एजेन्डा हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण