दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने
सारांश
- राष्ट्रिय दलित गोलमेच सम्मेलन काठमाडौंमा जेठ ३०, ३१ र असार १ गतेसम्म हुने भएको छ।
- सम्मेलनले दलित समुदायमाथि सदियौँदेखि भइरहेको उत्पीडन र त्यसबाट मुक्तिको प्रयासबारे समीक्षा गर्नेछ।
- सम्मेलनमा राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व, स्रोतमा हिस्सेदारी र धर्म सुधारका एजेन्डामा बहस हुनेछ।
काठमाडौँ । दलित समुदायमाथि उत्पीडन बढ्दै गएकोले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजन गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने आयोजकले बताएका हुन् ।
आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए । आफूहरूले गर्ने गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या संस्थाबाट प्रेरित वा परिचालित नभई नेपाल र दलित समुदायका लागि मौलिक साध्य हुने विश्वकर्माले ठोकुवा गरे ।
सदियौँ देखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेण्डमा बहस हुने जानकारी दिए ।
सामाजिक अभियन्ता तथा लेखक होमराज आचार्यले २१ औँ शताब्दीमा पनि दलित समुदायमाथि छुवाछुत र अपमानको डण्डा बर्सिनु दुर्भाग्य भएको बताए । देशमा भएको लामो सङ्घर्ष र परिवर्तनपछि दलित तथा उत्पीडित वर्गले न्यायसहित समानतापूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न नपाएको बताउँदै उनले भने, ‘परिवर्तन त भयो त्यही परिवर्तनसँगै दलितमाथि नयाँ किसिमले उत्पीडन लादिन थालेको छ । यसै सन्दर्भमा गोलमेच सम्मेलनले त्यस किसिमको षड्यन्त्रलाई चिर्ने आशा पलाएको छ ।’
गोलमेच सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक(अग्नि शिखा)ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरूबाट सम्मेलनको लागि काठमाडौँ आउने क्रम जारी रहेको जानकारी दिँदै, सम्मेलन दलित मुक्तिको लागि कोषेढुङ्गा साबित हुने विश्वास लिए ।
राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले ७ दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै विचारीकी र नवीन आन्दोलनको आवश्यकता रहेको बताए ।
गोलमेच सम्मेलनका सचिवालय सदस्य तारासिंह विकले ६० लाख दलितलाई गोलमेच सम्मेलनले एक ठाउँमा ल्याउने आधार खडा गर्ने विश्वास लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण