तरुण दललाई ३ करोड विनियोजन शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न : महेश बस्नेत
सारांश
- एमाले नेता महेश बस्नेतले सहरी विकास मन्त्रालयमार्फत तरुण दललाई ३ करोड बजेट विनियोजन गरेकोमा आपत्ति जनाए।
- बस्नेतले मन्त्री प्रकाशमान सिंहलाई शासकीय मर्यादाको उल्लङ्घनले सरकारको नैतिकता कमजोर हुने बताए।
- बस्नेतले वीर गणेशमान सिंहको छोराले आदर्शलाई सस्तोमा बेचेको भन्दै प्रश्न गरे।
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन गरेर दलगत लाभ लिँदा शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न उठ्ने बताएका छन् ।
बस्नेतले शनिबार आफ्नो फेसबुक पेजमा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई शासकीय मर्यादाको यो हदको उल्लङ्घनले सरकारकै नैतिकतालाई खोक्रो बनाउने समेत जनाएका छन् ।
‘सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भातृसंगठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन भएछ । राज्य कोषबाट जनताको पसिनाको कर उठाएर यसरी खुलेआम ‘दलगत लाभ’ बाँड्ने हो भने शासन प्रणाली र दलहरू माथि समेत गम्भीर प्रश्न उठ्छ’, नेता बस्नेतले लेखेका छन् ।
उनले वीर गणेशमान सिंहको छोरा, आफ्नै थातथलो लोकतान्त्रिक सङ्घर्षमा, इतिहास बोक्ने नाम थर भएको व्यक्तिले त्यो नाम र आदर्शको मूल्य यति सस्तोमा फ्याल्नु राम्रो हो त दाजु ? भन्दै मन्त्री सिंहलाई प्रश्न गरेका छन् ।
‘शासकीय मर्यादाको यो हदको उल्लङ्घनले तरुणतालाई होइन, सरकारकै नैतिकतालाई खोक्रो बनाउँछ । सत्ता सस्तो नबनाउनु दाजु , तपाईँप्रतिको हाम्रो सम्मान नघटोस् !’, बस्नेतको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण