अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै
सारांश
- अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन कीर्तिपुरमा सुरु भएको छ, जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे।
- ३२ वर्षे उमेर हदका कारण वर्तमान पदाधिकारीहरू नेतृत्वको दौडबाट बाहिरिएका छन्, र नयाँ नेतृत्वका लागि सहमति खोजिँदैछ।
- सहमति नभए विद्युतीय मतदानबाट नेतृत्व चयन हुने र विधान संशोधन, साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिनेछ, साथै पदाधिकारी संख्या घटाइनेछ।
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुन लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेरहद लागू भएको छ । जसले गर्दा अध्यक्षका हालका चार जना उपाध्यक्ष र एक जना महासचिव त्यो दौडबाट बाहिर छन् भने अध्यक्षका चार जना सचिवहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेकपा एमालेले भने सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएको छ । चार जनाले नै आफ्नो दाबेदारी नछाडेको खण्डमा भने मतदानमार्फत नेतृत्व चयन गरिने अध्यक्षका दाबेदार तथा हालका सचिव डाक्टर सुजन कडरियाले जानकारी दिए ।
३२ वर्षे उमेरहद लागू भएपछि पाँच जना सचिव मात्रै अध्यक्षका लागि दाबेदार मानिएका छन् । ती मध्ये आरती भट्टराईले महासचिवमा दाबी प्रस्तुत गरेकी छन् ।
हाल डा. कडरियासँगै प्रकाश पौडेल, दीपक धामी र अञ्जना सिवाकोटी अध्यक्षका आकाङ्क्षीका रूपमा अगाडि आएका हुन् । भट्टराईले सहमतिबाट नेतृत्व चयन हुने र आफू महासचिव बन्ने अवस्था आएमा पछि हट्ने बताउँदै आएकी हुन् ।
महाधिवेशनका लागि देशभरीबाट १५०० को हाराहारीमा प्रतिनिधिहरू आएका छन् । सहमति भएको खण्डमा पाँच जना सचिवहरूबाटै एक जना अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी चयन गरिनेछ । सहमति नभएको खण्डमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुने सचिव कडरियाले बताए ।
महाधिवेशनमा विधान संशोधन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा राजनीतिक प्रतिवेदन पेस गरिनेछ । यो पटक पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाउने तयारी गरेको छ । १९९ सदस्यीय केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाइनेछ ।
त्यस्तै १७ जना पदाधिकारी रहेकोमा ९ सदस्यीय बनाइने सचिव कडरियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण