आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भीमार्जुनको गीत ‘सम्झि रहे रातैभरि’ सार्वजनिक

आइतबार, २५ जेठ २०८२, १० : ५७
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • संविधानविद् भीमार्जुन आचार्यको गीत 'सम्झि रहे रातै भरि' सार्वजनिक भयो।
  • यो गीत आचार्यले आमाको स्मृतिमा तयार पारेका हुन्, जसमा उनकै शब्द, संगीत र स्वर रहेको छ।
  • आचार्यका यसअघि 'मौनताको सहर' लगायतका ४ एल्बम सार्वजनिक भइसकेका छन् र यस गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन्।

काठमाडौंँ । अर्जुन मिलनको नामबाट साहित्य र सांगीत सिर्जना गर्दै आएका संविधानविद्‌ भीमार्जुन आचार्यको गीत ‘सम्झि रहे रातै भरि’ सार्वजनिक भएको छ । उनले यो गीत आज (जेठ २५ गते) को आमाको स्मृति पारेर सार्वजनिक गरेका हुन् ।

गीतमा उनकै शब्द, संगीत र स्वर समेत रहेको छ । अर्थपूर्ण शब्द, मेलोडियस संगीत र हृदयको फिलबाट एउटा जीवन्त गीतको जन्म हुन्छ । त्यस्तो गीत नै आफैँमा गीत हुन्छ भन्ने धारणा आचार्यको यो गीतमा पनि त्यो फिल गर्न सकिन्छ ।

‘मौनताको सहर’, ‘सजिलो हुँदैन जीवन’, ‘एउटा जीवन’ र ‘अतीत गरी’ लगायतका ४ एल्बम यसअघि ल्याएका उनको यो गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप