आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

‘जन्ते बाख्रो’ को व्यवसाय बुझ्न हलमा कलाकार, व्यवसाय कस्तो ?

आइतबार, २५ जेठ २०८२, १३ : २५
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'जन्ते बाख्रो' ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ।
  • फिल्म निर्माण टिमले कलाकारसहित हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका छन्, दर्शकको राम्रो चाप रहेको छ ।
  • 'जन्ते बाख्रो' ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई प्रस्तुत गरेको छ।

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको निर्माण टिमले कलाकारसहित शुक्रबार र शनिबार हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका हुन् । हलमा दर्शकको राम्रो चाप समेत देखिएको निर्माण युनिटले जनाएको छ ।

अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्मा दर्शकसँग साक्षात्कार गर्न हल हल पुगिरहेका छन् । शो क्रममा कलाकारसँग सेल्फी खिच्न दर्शकको तछाड मछाड नै चल्ने गरेको छ । दर्शकले कलाकारको अभिनय तारिफ समेत गरेको अभिनेता सौगात मल्ले बताए ।

movie jantibakgro  (1)

सिमोस सुनुवार निर्देशित फिल्म सन्तोष गौतमले बनाएका हुन् । ‘हामीले फिल्म राम्रो बनाएको प्रतिक्रिया पाएका छौँ ’, निर्माता गौतमले भने, ‘हामीले इमानदारिताका साथ विना फिल्म बनाएको फल हो यो ।’

प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा अभिनेता सौगात, आशिफ र गरिमाको अलवा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

‘जन्ते बाख्रो’ ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी–दुनामा भोज खाने संस्कृति र ग्रामीण चाल चलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ ।  मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिव भक्तिको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप