ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
आइतबार, २५ जेठ २०८२, २२ : २३

समाचार सारांश
- सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितिन्।
- उनले चाइनिज क्रिएटिभ फर्ममा स्वर्ण जित्दा स्कटल्यान्डकी एमेलिया पार्किनलाई पराजित गरिन्।
- सरिनाले यसअघि डब्लुएमएसी इङ्लिस च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् र अब वर्ल्ड च्याम्पियनसिपमा भाग लिनेछिन्।
ग्लोसेस्टर । सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । युकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ फममा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सञ्जीतकुमार राईले जानकारी दिएका हुन् ।
सरिनाले स्कटल्यान्डकी एमेलिया पार्किनलाई ९.३ पछि पार्दै स्वर्ण जितेकी हुन् । युकेमै मास्टर्स अध्ययन गरिरहेकी सरिनाले यसअघि युकेमै गत फेब्रुअरी ९ तारिखमा भएको डब्लुएमएसी इङ्लिस च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
उमा कुङ्फुकी तेस्रो डान सरिनाले युकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने अध्यक्ष राईले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल